काठमाडौँ ३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रको निर्देशन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

काठमाडौँ ३ को उम्मेदवारी निष्क्रिय पार्न माओवादी केन्द्रको निर्देशन


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले काठमाडौँ-३ बाट प्रतिनिधिसभा सदस्यको आफ्ना उम्मेदवारलाई उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको छ।

माओवादी पार्टी केन्द्रीय कार्यालयले प्रतिनिधिसभा र प्रदेश सभा क को उम्मेदवारी निष्क्रिय पार्न निर्देशन दिएको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए।

सत्तारुढ गठबन्धनबीच उक्त क्षेत्रमा काँग्रेसको उम्मेदवार रहने सहमति भएको थियो। तर, माओवादी केन्द्रको स्थानीय कमिटीले नमानेर उम्मेदवारी कायम राखेको थियो।

काठमाडौँ-३ मा माओवादी केन्द्रबाट बद्री बजगाईँले उम्मेदवारी दिएका थिए भने प्रदेशसभामा काठमाडौँ ३ ‘क’ मा कपिलमुनि उप्रेतीले उम्मेदवारी दिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस