सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा थुनछेक बहस नसकिएपछि बुधबार मुद्दा हेर्दाहेर्दैमा अर्को दिनका लागि राखिएको छ ।

आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए ।

यसअघि मंगलबार साँझ अबेरसम्म सन्दीपको बयान लिइएको थियो । मंगलबार साँझसम्म बयान लिएर सकाएपछि सन्दीपविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखेर आज थुनछेक बहस भएको हो । १७ वर्षीय नाबालिग किशोरीलाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा सन्दीपमाथि प्रहरीले अनुसन्धान गरेको थियो ।

२४ दिन प्रहरी हिरासतमा राखी कात्तिक १४ गते सोमबार काठमाडौँ जिल्ला अदालतमा सन्दीपविरुद्ध जबरजस्ती करणी गरेको कसुरमा मुद्दा दायर गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस