मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै, सचिव बढुवा र सरुवाको तयारी  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्रिपरिषद् बैठक केहीबेरमा बस्दै, सचिव बढुवा र सरुवाको तयारी 


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । अहिले केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले एक प्राविधिक सचिव बढुवादेखि थप केही सचिवहरूको सरुवा गर्ने सम्भावना रहेको छ । 

हिजै सिफारिस आइसकेकोले बढुवा निर्णय त हुन्छ नै, त्यही क्रममा केही प्राविधिक सचिवहरूको अदलबदल पनि गर्ने कि भनेर कुरा चलेको छ, प्रशासन सिंहदरवार उच्च स्रोतले भन्यो । बैठक पछि मध्यान्ह प्रधानमन्त्री शेरबहादुर देउवा सुदूर पश्चिमतिर लाग्ने कार्यक्रम तय भएको छ । सचिवको बढुवा तथा सरुवासँगै एक आध अन्य महत्त्वपूर्ण निर्णय पनि हुँदै छन् । 

लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार(हिजो) बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिव त्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव शर्मा बिडारीको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, केही सचिवको सरुवा हुन सक्ने

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय(जलस्रोत तथा सिँचाइ) सचिव सागर कुमार राई ९ गते अनिवार्य अवकाशमा गएसँगै रिक्त एक प्राविधिक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस