आजदेखि सरकारी कार्यालय १ घण्टा पहिले नै बन्द हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आजदेखि सरकारी कार्यालय १ घण्टा पहिले नै बन्द हुने


१६ कार्तिक २०७९, बुधबार


काठमाडौँ । आजदेखि सरकारी कार्यालय एक घण्टा चाँडै बन्द हुने भएका छन्।

तीन महिना सरकारी कार्यालय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै खुल्ने गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिए।

गृह मन्त्रालयले राजपत्रमै सूचना निकालेर कार्यालय समय निर्धारण गर्ने गरेको छ। जसअनुसार कात्तिक १६ अर्थात् आजदेखि माघ १५ गतेसम्म बिहा न १० बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै कार्यालय सञ्चालन हुनेछन्।

यो अवधिमा शुक्रवारको दिन बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मात्रै कार्यालय खुल्नेछन्। वैशाख १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय बिहान १० देखि अपराह्न ५ बजेसम्म तोकिएको मन्त्रालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस