सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरीको गाडी दुर्घटना हुँदा कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ।

जीतपुरदेखि तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक शुक्रबार साँझ बाणगंगा नगरपालिका वडा नम्बर ३ सिउटीमा दुर्घटनामा परेको हो।

उक्त दुर्घटनामा परी साइकलमा सवार यात्रुसहित एक जना सशस्त्र प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडकमा गुडिरहेको उक्त गाडी अनियन्त्रित भई साइकललाई ठक्कर दिएको थियो। ठक्करपछि साइकलमा सवार अमर तङनामीको निधन भएको छ।

त्यस्तै सवारी चालक सशस्त्र प्रहरी रमेश चौधरीको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। 

दुर्घटनामा आधा दर्जन बढी घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ। गम्भीर घाइतेहरूलाई थप उपचारका लागि बुटवल लगिएको छ।

सामान्य अवस्थाका ४ जनाको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

स्थानीयले दुर्घटनाग्रस्त गाडीमा मदिरा भेटिएको र प्रहरीको लापरबाहीकै कारण दुर्घटना भएको भन्दै छानबिन गर्नुपर्ने माग गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस