हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

हात्तीको आक्रमणबाट निकुञ्जका कर्मचारीको मृत्यु


४ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । पर्सामा हात्तीको आक्रमणबाट निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ  । 

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालय अन्तर्गत राम भोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा कार्यरत ३१ वर्षीय रमेश महराको मृत्यु भएको हो ।

बाराको जितपुर सिमरा उप-महानगरपालिका वडा नं.५ डुमरवाना घर भएका महरा राम भोरी भठ्ठा सेन्टर गढुवा लाइन पोष्टमा करारमा कार्यरत थिए ।

कामिनीकली नामक हात्तीलाई चराएर शुक्रबार दिउँसो सवा ३ बजेतिर ठोरी गाउँपालिका सुवर्णपुरस्थित हात्तीसारमा बाँध्ने क्रममा महरालाई हात्तीले आक्रमण गरेको थियो ।

हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनलाई तत्कालै प्रहरी चौकी सुवर्णपुरबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो । उनलाई मेडिसिटी वयोधा अस्पताल वीरगञ्जमा उपचारका लागि ल्याइएको थियो ।

उपचारको क्रममा महराको अपराह्न साढे ४ बजे अस्पतालले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस