काठमाडौँ । आफ्नो उम्मेदवारी खारेजी बदरको माग गर्दै रुपन्देही क्षेत्र नम्बर २ का गठबन्धन उम्मेदवार राजु गुरुङ सर्वोच्च अदालत पुगेका छन् ।
निवर्तमान कानूनमन्त्री गोविन्द बन्दी,वरिष्ठ अधिवक्ताहरू शम्भु थापा,रमण श्रेष्ठसहित निर्वाचन आयोगविरुद्ध रिट लिएर गुरुङ सर्वोच्च गएका हुन् ।
गठबन्धनबाट नेकपा एसका उम्मेदवार गुरुङले बैङ्किङ कसुर सम्बन्धी मुद्दामा सजाय पाएको उजुरी परेपछि निर्वाचन अधिकृतले प्रमाणका आधारमा उनको उम्मेदवारी खारेजी गरेका थिए ।
एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवार बनेका गुरुङसहित अन्य दुईजना स्वतन्त्र उम्मेदवारको पनि मनोनयन खारेजी भएको छ । गुरुङ रिट दर्ताका लागि आफू सर्वोच्च अदालतमा पुगिसकेको र दर्ताको प्रक्रियामा रहेको बताइएको छ ।