गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

गगन थापा सर्लाही ४ बाट उम्मेदवार बन्ने 


२२ आश्विन २०७९, शनिबार


काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापा काठमाडौँ-४ छाडेर सर्लाही-४ बाट उम्मेदवार बन्ने भएका छन्।

गठबन्धनबाट काँग्रेसको भागमा परेको सर्लाही-४ का लागि थापाले आइतबार मनोनयन दर्ता गराउने उनका निकट स्रोतले जनाएको छ । 

उनी सर्लाही ४ बाट एकल सिफारिस भएका थिए। त्यहाँ शेखर कोइराला पक्षका अमरेशकुमार सिंहलाई टिकट नदिन संस्थापन पक्षले चाहेको थियो।

त्यहीँ चाहनामा थापाले काठमाडौँ छाडेर सर्लाही जाने भएका हुन्। २०६४ सालमा समानुपातिकबाट सांसद बनेका थापा २०७० र २०७४ मा काठमाडौँ-४ बाटै निर्वाचित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस