इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

इन्डोनेसियामा फुटबलका क्रममा भएको हिंसामा मृत्यु हुनेको संख्या १७४ पुग्यो


१६ आश्विन २०७९, आइतबार


काठमाडौँ । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको हिंसामा परी मृत्यु हुनेको संख्या १७४ पुगेको छ ।

फुटबल खेलका क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा उक्त घटना भएको थियो । फुटबलमा हार्ने पक्षका समर्थकले पिचमा आएर आक्रमण गरेपछि भागदौड मच्चिएको थियो । भागदौडमा परेर करिब २ सय जना घाइते भएका जनाइएको छ ।

हार्ने पक्षका समर्थकहरूले पिचमा आक्रमण गरेका थिए । त्यसलगत्तै प्रहरीले पनि भीड नियन्त्रण गर्नका लागि अश्रुग्यास प्रहार गरेको थियो ।प्रहरीले अश्रुग्यास हानेपछि सो खेल हेर्न त्यहाँ जम्मा भएका भिडका बीचमा भागदौड भएको थियो । धेरै जसो मानिस भागदौडमा परेर ज्यान गुमाएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस