अख्तियारद्वारा ट्रायल अनुत्तीर्ण ६२ जना चालकमाथि छानबिन सुरु  « प्रशासन
Logo ६ चैत्र २०८०, मंगलबार
   

अख्तियारद्वारा ट्रायल अनुत्तीर्ण ६२ जना चालकमाथि छानबिन सुरु 


११ आश्विन २०७९, मंगलबार


काठमाडौँ । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरु गरेको हो।

गत जेठ र असारका विभिन्न मितिमा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ जनाले लाइसेन्स पाएको सबन्धमा अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयले जनाइको छ । 

अधिकारीका अनुसार समाचारमा उल्लेखित अवधिमा वितरण गरिएको लाइसेन्स विवरण जनकपुर र वीरगञ्ज दुवै यातायात व्यवस्था कार्यालयबाट लिइएको छ। बिहीबारै अख्तियारको टोलीले कार्यालय पुगेर उक्त विवरण लिएको हो। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जनकपुर यातायात कार्यालयबाट तीन वर्षअघि हटाइएका कम्प्युटर अपरेटर मुकेशकुमार बर्माको युजर आइडीबाट ती परीक्षार्थी उत्तीर्ण भएको देखाइएको थियो।

बर्माको आइडी जनकपुर यातायात कार्यालयबाट लगइन गरिएको लोकेसन देखाएको छ। अल्ट्रानेटबाट मात्र चल्ने यातायात सर्भरको ‘इडिएलभिआरएस’ सफ्टवेयरमा अनुत्तीर्ण परीक्षार्थीलाई बर्माको आइडीबाट उत्तीर्ण देखाइएको हो।

२०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा एकै दिन ४२ जनालाई उनको आइडीबाट उत्तीर्ण देखाइएको छ। उनीहरू ट्रायलमा अनुत्तीर्ण भएका थिए।

यस्तै, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र २०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनालाई उत्तीर्ण देखाइएको छ। 

एक जना अनुत्तीर्ण देखाइएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस