२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अख्तियारद्वारा ट्रायल अनुत्तीर्ण ६२ जना चालकमाथि छानबिन सुरु 

अ+ अ-

काठमाडौँ । फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ।

हेभी सवारीसाधन (जी समूह) चालकको लाइसेन्स परीक्षामा यातायात व्यवस्था कार्यालय, वीरगन्जमा फेल भएका ६२ जनाले लाइसेन्स पाएको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले छानबिन सुरु गरेको हो।

गत जेठ र असारका विभिन्न मितिमा प्रयोगात्मक (ट्रायल) परीक्षामा अनुत्तीर्ण भएका ६३ जनामध्ये ६२ जनाले लाइसेन्स पाएको सबन्धमा अनुसन्धान थालिएको अख्तियारको बर्दिबास कार्यालयले जनाइको छ । 

अधिकारीका अनुसार समाचारमा उल्लेखित अवधिमा वितरण गरिएको लाइसेन्स विवरण जनकपुर र वीरगञ्ज दुवै यातायात व्यवस्था कार्यालयबाट लिइएको छ। बिहीबारै अख्तियारको टोलीले कार्यालय पुगेर उक्त विवरण लिएको हो। 

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार जनकपुर यातायात कार्यालयबाट तीन वर्षअघि हटाइएका कम्प्युटर अपरेटर मुकेशकुमार बर्माको युजर आइडीबाट ती परीक्षार्थी उत्तीर्ण भएको देखाइएको थियो।

बर्माको आइडी जनकपुर यातायात कार्यालयबाट लगइन गरिएको लोकेसन देखाएको छ। अल्ट्रानेटबाट मात्र चल्ने यातायात सर्भरको ‘इडिएलभिआरएस’ सफ्टवेयरमा अनुत्तीर्ण परीक्षार्थीलाई बर्माको आइडीबाट उत्तीर्ण देखाइएको हो।

२०७९ जेठ २६ गते राति १० बजेर १० मिनेटमा एकै दिन ४२ जनालाई उनको आइडीबाट उत्तीर्ण देखाइएको छ। उनीहरू ट्रायलमा अनुत्तीर्ण भएका थिए।

यस्तै, जेठ ३० गते राति १० बजेर १२ मिनेटमा १४ जना, असार १९ गते राति १ बजेर २ मिनेटमा ५ जना र २०७८ माघ १० गते साँझ सवा ७ बजे १ जनालाई उत्तीर्ण देखाइएको छ। 

एक जना अनुत्तीर्ण देखाइएको मन्त्रालयले उपलब्ध गराएको विवरणमा उल्लेख गरिएको छ।