राजीनामाको माग गर्दै राष्ट्रपतिविरुद्ध मधेसमा चार दिनदेखि प्रदर्शन जारी  « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राजीनामाको माग गर्दै राष्ट्रपतिविरुद्ध मधेसमा चार दिनदेखि प्रदर्शन जारी 


७ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । मधेस प्रदेशमा चार दिनदेखि राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन भइरहेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि मधेसवादी दलहरूले निरन्तर रूपमा राष्ट्रपतिविरुद्ध प्रदर्शन गरिरहेका छन् ।

राष्ट्रपतिको राजीनामा माग गर्दै शुक्रबार पनि जनकपुरधाम जनक चोकस्थित प्रदर्शन गरिएको छ । जनता समाजवादी पार्टी ९जसपा०को नेतृत्वमा शुक्रबार भएको प्रदर्शनमा राष्ट्रपति भण्डारीको राजीनामा माग गर्दै नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गरेका हुन् ।

राष्ट्रपतिले एमाले अध्यक्ष केपी शर्मा ओलीको इसारामा नागरिकता विधेयक प्रमाणीकरण नगरेको प्रदर्शनकारीहरूको आरोप छ । 

उनीहरूले ‘राष्ट्रपति राजीनामा देऊ, नागरिकता विधेयक प्रमाणीकरण गर, संविधानलाई पालना गर, संविधान उल्लङ्घन गर्न पाइँदैन’लगायतका नारा लगाएका थिए । 

जसपा नगर अध्यक्ष विष्णुदेव साहको नेतृत्वमा भएको कार्यक्रममा जसपा नेता ज्ञानेन्द्र यादव, चमेली देवी दास र जितेन्द्र यादवलगायतको उपस्थिति थियो । 

गएको मंगलबारदेखि मधेस प्रदेशका जिल्लाहरूमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) र जसपाको नेता तथा कार्यकर्ताहरूले प्रदर्शन गर्दै आइरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस