टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्‍याउन उच्च अदालतको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुकुचामाथि बनेका संरचनामा क्षति नपुर्‍याउन उच्च अदालतको आदेश


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना भत्काउने महानगरको योजनामा असोज २६ गतेसम्म रोक लागेको छ । उच्च अदालत पाटनले बुधवार अल्पकालीन अन्तरिम आदेश दिँदै तत्काल ती क्षेत्रका संरचना नभत्काउन आदेश दिएको हो । 

बुधवार न्यायाधीश किरणकुमार पोखरेलको एकल इजलासले २१ थान मुद्दाको एकै पटक सुनुवाइ गर्दै असोज २६ गतेसम्म हात्तीसार क्षेत्रका ती संरचनामा कुनै काम क्षति नपुराउन अल्पकालीन अन्तरिम आदेश दिएको हो । 

छुट्टाछुट्टै रिट दर्ता भएपनि सबै मुद्दालाई एकैसाथ राखेर अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा सुनुवाइ भएको थियो । सुनुवाइपछि यी सबै मुद्दाको सम्बन्धमा असोज २६ गतेसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएर त्यहाँ कुनै क्षति नपुराउन भनिएको छ । 

यसअघि बुधवारका लागि पेसी तोकिएका प्रेसिडेण्ट ट्राभल्स एण्ड टुर्स लगायतका तीन घरका सम्बन्धमा अन्तरिम आदेशको निरन्तरता हुने कि नहुने भन्ने सम्बन्धमा असोज ७ गते शुक्रवार दोहोरो छलफलमा बोलाएको उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेलले बताए ।

आदेश !

Tags :
प्रतिक्रिया दिनुहोस