२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तथ्याङ्क विभाग औपचारिक रूपमा प्रधानमन्त्री कार्यालय मातहत, नेतृत्वमा सचिव

अ+ अ-

काठमाडौँ । केन्द्रीय तथ्याङ्क विभाग अब ‘राष्ट्रिय तथ्याङ्क कार्यालय’का रूपमा रूपान्तरण भएको छ । सरकारले तथ्याङ्क ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । २८ भदौमा राजपत्रमा प्रकाशित भएको यस ऐन अनुसार अब कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको छ । यसअघि विभाग राष्ट्रिय योजना आयोग मातहत रहेको थियो ।

ऐनले भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत रहने गरी राष्ट्रिय तथ्याङ्क कार्यालय रहने प्रावधान ल्याएको छ । विभागको नेतृत्व सहसचिव स्तरका महानिर्देशकले गर्दै आएका थिए । अब भने कार्यालयको प्रकाशकीय प्रमुखका रूपमा सचिव रहने छन् । उनलाई ‘प्रमुख तथ्याङ्क अधिकारी’ भनिने छ । यो ऐनले तथ्याङ्क ऐन २०१५ लाई विस्थापित गरेको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयलाई सहजीकरण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षता रहने गरी राष्ट्रिय तथ्याङ्क परिषद्को व्यवस्था गरिएको छ । परिषद्मा आयोगका तथ्याङ्क विषय हेर्ने सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव परिषद्को सदस्य रहने छन् ।

साथै, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत सदस्य रहने गरी तोकिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवलाई समेत परिषद्को सदस्य तोकिएको छ ।

प्रदेश मन्त्रालयका ७ जना प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथ्याङ्क विभागका प्रमुखलाई पनि सदस्य राखिएको छ । प्रमुख तथ्याङ्क अधिकारीले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् ।

यस्तै राष्ट्रिय तथ्याङ्क कार्यालयले तथ्याङ्क सम्बन्धी नीति, योजना तथा रणनीतिको मस्यौदा बनाएर परिषद्मा पेस गर्ने छ । तथ्याङ्क सङ्कलनका लागि गणना, सर्वेक्षणलगायत अन्य क्षेत्रगत तथ्याङ्क सम्बन्धी कार्य सञ्चालन कार्ययोजना बनाउने काम पनि यसै निकायले गर्ने भएको छ ।

नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई चाहिने तथ्याङ्क अब यस कार्यालयले उपलब्ध गराउने भएको छ । तथ्याङ्क अभिलेखको सुरक्षा गर्ने, तथ्याङ्क विवरण प्रकाशन तथा वितरण गर्ने काम समेत यसै निकायले गर्ने भएको छ । केन्द्रीय तथ्याङ्क बैंकका रूपमा कार्यालयले काम गर्ने छ ।

प्रतिक्रिया दिनुहोस