राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्न प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

राजपत्रमा प्रकाशित गरेर नागरिकता ऐन लागू गर्न प्रधानमन्त्रीलाई सल्लाहकारको सुझाव


५ आश्विन २०७९, बुधबार


काठमाडैँ । प्रधानमन्त्री शेरबहादुर देउवाका परराष्ट्र मामिला सल्लाहकार अरुणकुमार सुवेदीले राजपत्रमा प्रकाशित गरेर सरकारले नागरिकतासम्बन्धी ऐन लागू गर्नुपर्ने सल्लाह दिएका छन्। 

दुवै संसद्ले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिले दुवैपटक प्रमाणित नगरेको र संसद् पनि नभएको अवस्थामा सरकारले राजपत्रमा प्रकाशित गरेर कार्यान्वयन थाल्नुपर्ने बताएका छन्।

सुवेदीले वर्तमान सरकारले जारी गर्ने राजपत्रलाई आवश्यक परे आगामी संसद्ले पुनर्विचार गर्न सक्ने पनि बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस