पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पञ्चिकरण शाखा प्रमुख भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिकाको पञ्चिकरण शाखा प्रमुख राजेन्द्र प्रसाद भण्डारीविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरिएको छ । 

खरीदार भण्डारीले सामाजिक सुरक्षा कोषको रकम हिनामिना गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरिएको हो । 

आर्थिक वर्ष २०७४/०७५ देखी २०७६/०७७ सम्म सामाजिक सुरक्षा भत्ता बैङ्क मार्फत सेवा ग्राहीको खातामा जम्मा नगरी आफ्नो र नाबालक छोराको खातामा रकम जम्मा गरेर आफैले लाभ लिने गरी खाई/मासेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस