राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

राष्ट्रपतिको कदम निर्वाचन बिथोल्ने षड्यन्त्र : वर्षमान पुन


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले राष्ट्रपतिको कदमप्रति आपत्ति जनाउँदै यसलाई संविधानको घोर उल्लंघन भएको बताएका छन् ।

संसद्‍ले पास गरेको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेपछि उनको आलोचना भएको छ । यसै क्रममा माओवादी नेता पुनले राष्ट्रपति भण्डारीको कदमले नेपाली नागरिकलाई राज्य विहीन बनाउने र निर्वाचन बिथोल्ने षड्यन्त्रको रुपमा व्याख्या गरेका छन् ।

उनले मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । उनले लेखेका छन्, ‘सार्वभौम जनताको प्रतिनिधिसंस्था संघीय संसद्‍ले नेपाली नागरिकका सन्तानलाई नागरिकता दिने गरी पास गरेको नागरिकता विधेयक प्रमाणित नगर्नु एकातिर संविधानको घोर उल्लंघन हो भने अर्कोतिर आफ्ना नागरिकलाई राज्यविहीन बनाउने आमनवीय कार्य हो । सचेत रहौं र संयमित बनौं । यो घटनाक्रम निर्वाचन बिथोल्ने षड्यन्त्रको अंग पनि हो ।’

यसअघि संविधानविद्‍हरूसहित विभिन्न राजनीतिक दलका नेताहरूले पनि राष्ट्रपति भण्डारीको कदमको विरोध जनाएका छन् ।

राष्ट्रपति भण्डारीले संसद्‍बाट पास भइसकेको नागरिकता विधेयकलाई अन्तिम अवधि असोज ४ सोमबार रातिसम्म पनि प्रमाणीकरण नगरेपछि आलोचित बनेकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस