टुकुचामाथि बनेका घर-टहरा नभत्काउने अल्पकालीन आदेशमाथि सुनुवाइ हुँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टुकुचामाथि बनेका घर-टहरा नभत्काउने अल्पकालीन आदेशमाथि सुनुवाइ हुँदै


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । टुकुचामाथि भएका घर–टहरा नभत्काउन उच्च अदालत पाटनले दिएको अल्पकालीन आदेशमाथि आज सुनुवाइ हुँदै छ ।

अदालतले काठमाडौँ महानगरपालिकालाई असोज ५ गते छलफलमा बोलाएबमोजिम आज सुनुवाइ हुने भएको हो ।

गत आइतबार न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले रित पुर्‍याएर बनाएकाले उचित क्षतिपूर्ति नदिई संरचनाहरू हटाउन नमिल्ने भन्दै अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

महानगरको तर्फबाट कानुनी परामर्शको टोली छलफलमा जाने महानगरका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । चार मिटर कायम गर्ने गरी टुकुचालाई खुला रूपमा बग्न दिने योजना महानगरको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस