‘मेरो चुनाव खर्च २ लाख पनि थिएन, जरिवाना चाहिँ साढे ५ लाख’ : हर्क साम्पाङ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

‘मेरो चुनाव खर्च २ लाख पनि थिएन, जरिवाना चाहिँ साढे ५ लाख’ : हर्क साम्पाङ


५ आश्विन २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले ढिलो गरी निर्वाचन खर्चको विवरण बुझाएकोमा जरिवाना गरेको विषयलाई लिएर धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् ।

उनले खर्चको विवरण दुई दिन ढिलो हुँदैमा ५ लाख ५० हजार रुपैयाँ जरिवाना लिनु लुट भएको टिप्पणी गरेका छन् । हर्कले फेसबुकमा स्ट्याटस लेख्दै यस्तो टिप्पणी गरेका हुन् ।

‘दुई दिन ढिलो गरी खर्च विवरण पेस गरेको भनेर निर्वाचन आयोगले ५ लाख ५० हजार जरिवाना गर्नु भनेको लुट्नु हो’, उनले लेखेका छन्, ‘मेरो पूरा खर्च नै २ लाख नि थिएन जरिवाना चाहिँ त्यति धेरै !’

आयोगले गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले गरेको खर्चको विवरण नबुझाएकोमा जरिवाना तोकेको छ ।

यसमा महानगरका मेयरलाई साढे ७ लाख रुपैयाँ र उपमहानगरपालिकालाई साढे ५ लाख रुपैयाँको कारबाही गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस