गोठाटारमा गोली हानिएका मोहम्मदकाे मृत्यु, १० वर्ष जेल बसेर छुटेको खुलासा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गोठाटारमा गोली हानिएका मोहम्मदकाे मृत्यु, १० वर्ष जेल बसेर छुटेको खुलासा


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । गोठाटारमा गोली हानिएका मोहम्मद दर्जी १० वर्ष जेल बसेर छुटेको व्यक्ति भएको खुलेको छ ।

कागेश्वरी मनहरा–८ गोठाटारमा सोमबार साँझ दर्जीमाथि गोली प्रहार भएको थियो । तीन राउण्ड गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा मृत्यु भएको छ ।

प्रहरीका अनुसार हाल कपडा व्यवसाय गर्दै आएको मोहम्मद कुनै समय जेल परेका थिए । १० वर्ष जेल बसेका उनी केही वर्षअघि मात्र थुनामुक्त भएका थिए ।

गोली काण्ड पुरानो घटनासँग जोडिएको हुनसक्ने प्रहरीको आशङ्का छ । उनले तीन दिनअघि मात्र सुरक्षा माग गर्दै जम्बुडाँडा प्रहरी चौकीमा निवेदन दिएका थिए ।

पीडित परिवारले भने प्रहरीले गम्भीर रूपमा नलिएका कारण घटना भएको गुनासो गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस