काँग्रेसले बनायो उम्मेदवार छान्ने मापदण्ड « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसले बनायो उम्मेदवार छान्ने मापदण्ड


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवार बन्नेहरूका लागि मापदण्ड तय गरेको छ ।

शीर्ष नेताहरूको छलफलले प्रत्यक्ष र समानुपातिक उम्मेदवार मापदण्ड तय गरेको बैठकमा सहभागी एक नेताले बताए ।

समानुपातिकमा अघिल्लोपटक परेकालाई यसपटक नबनाउने, आन्दोलनमा सहभागी भएका, पार्टीमा लामो समयदेखि दुख गरेकालाई प्राथमिकता दिने, योग्यता भएको जनतामा प्रभाव पार्नेलाई छनोट गर्ने र चुनाव जित्न सक्नेलाई उम्मेदवार बनाउने मापदण्ड बनाएको ती नेताले बताए । 

शेरबहादुर देउवा निवास बालुवाटारमा बसेको शीर्ष तहका नेताको बैठकमा  पूर्व पदाधिकारीलाई पनि आमन्त्रण गरिएको थियो । गृहमन्त्री बालकृष्ण खाँण र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी भएका थिए ।

निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूचि बुझाउन असोज २ र ३ गतेको समय तोकेको छ । प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन दर्ताको लागि आयोगले असोज २३ गतेलाई तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस