धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

धरान बजारमा पानी ल्याउन सफल भए मेयर हर्क साम्पाङ


२८ भाद्र २०७९, मंगलबार


काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरान बजारमा पानि ल्याउन सफल भएका छन् ।

उनले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए । मेयर निर्वाचित भएलगत्तै उक्त बाचा पूरा गर्न कस्सिएका साम्पाङले अन्ततः खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भए ।

उनले धरान ल्याइएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौँ, सर्दु जोड्न बाँकी छ,’ उक्त भिडियोसँगै उनले लेखेका छन्, सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

उक्त भिडियोमा मेयर साम्पाङसहितका धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस