१९ औँ निजामती सेवा दिवस मनाइँदै « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

१९ औँ निजामती सेवा दिवस मनाइँदै


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । सरकारले ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ बुधवार(आज) १९औँ निजामती सेवा दिवस मनाउँदै छ।

२०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती कर्मचारीको नाम सिफारिस गर्छ।

दिवसकै अवसरमा वर्षभरिमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृतसमेत गर्ने गरिएको छ । करिब सवा लाख बढी कर्मचारीमध्येबाट एक जनालाई ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’, १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरिँदै आएको छ । ‘सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार’ को राशि दुई लाख रुपैयाँ रहेको छ भने एक लाख रुपैयाँसहित दश जनालाई उत्कृष्ट र ५० हजार रुपैयाँसहित ३० जनालाई निजामती सेवा पुरस्कार दिइन्छ ।

तर पछिल्लो समय सर्वोत्कृष्ट कर्मचारी छान्न नसकिएको धेरै वर्ष भएको छ भने उत्कृष्ट र निजामती पुरस्कारसमेत निष्पक्ष र विवादरहित हुन सकेको छैन । विगतमा आफ्ना आफन्तलाई सुशोभित गरिने पुरस्कार आजका दिनसम्म आई पुग्दा पनि सिंहदरवाको चौघेराभन्दा खासै पर पुग्न सकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस