विष्णु पौडेलले जित्दै आएको क्षेत्रबाट बालकृष्ण खाँणको नाम सिफारिस « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

विष्णु पौडेलले जित्दै आएको क्षेत्रबाट बालकृष्ण खाँणको नाम सिफारिस


१६ भाद्र २०७९, बिहिबार


काठमाडौँ । गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणको नाम रुपन्देहीको क्षेत्र नम्बर-२ बाट सिफारिस भएको छ । आगामी मङ्सिर ४ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खाँणको नाम प्रत्यक्षतर्फ क्षेत्र नम्बर-२ बाट सिफारिस भएको हो ।

नेपाली काँग्रेस-२ नम्बर क्षेत्रीय समितिको बिहीबार बसेको बैठकले गृहमन्त्री खाँणसहित ५ जनाको नाम सिफारिस गरेको हो । क्षेत्र नम्बर-२ का क्षेत्रीय सचिव विमलराज भट्टराईका अनुसार खाँणसहित युवराज गिरि, चुन्नुप्रसाद पौडेल, गोकर्ण पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस भएको छ ।

यस्तै रुपन्देही-२ बाट समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस भएको छ। जसमा अर्जुन रानाभाट, प्राडा बुद्धबहादुर थापा, चिरञ्जीवी जोशीको नाम सिफारिस भएको छ । यस्तै महिलातर्फ मनोरमा शेरचन, लक्ष्मी जोशी, रिता सेन ,नोमा थापा, हेमकुमारी सुवेदी र राममाया पौडेलको नाम सिफारिस भएको छ । रुपन्देही-२ एमालेका उपाध्यक्ष विष्णु पौडेलले लगातार ३ पटक चुनाव जितेको क्षेत्र हो।

सिफारिस अनुसार टिकट पाएमा बुटवल र आसपासको क्षेत्र पर्ने रुपन्देही २ मा बालकृष्ण खाँण र विष्णु पौडेलबीच प्रतिस्पर्धा हुनेछ । २०४८ सालमा खाँण बुटवल क्षेत्रबाट सांसद बनेका थिए। त्यसपछि क्षेत्र नम्बर ३ मा भएका चुनाव लडेका थिए । क्षेत्र नम्बर-३ का सभापति सुशील गुरुङले-३ नम्बर क्षेत्रबाट पनि खाँणको नाम सिफारिस गरिने बताए । क्षेत्र नम्बर-२ बाटसमेत सिफारिस भए पनि गृहमन्त्री खाँण क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने निश्चित जस्तै छ।

Tags :
प्रतिक्रिया दिनुहोस