बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’ « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

बालेनको प्रतिक्रिया : ‘नक्सा देखाएँ, डोजर चलाएँ, मैले के बिराएँ !’


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँको अल्फाबिटा कम्प्लेक्स डोजर चलाएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले आफूले केही नबिराएको बताएका छन् ।

अल्फाबिटा भवनले नक्सा विपरीत बनाएका संरचना भत्काएपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘उहाँले आफ्नै नक्सा मलाई माग्नु भयो, ‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ, मैले के बिराएँ ।’

बालेनले अब उपरान्त यस्तो गर्न नपरोस् भन्ने कामना पनि गरेका छन् ।  ‘अब उपरान्त यस्तो गर्न नपरोस्, सबैले आफै बुझेर अबैधानिकरुप मा बनाइएको संरचना हटाइ दिनुहोला । नक्सा जसरी पास भएको छ, त्यहीँ अनुसार बनाइ दिनु होला ।’उनले लेखेका छन् ।

सम्बन्धित समाचार : मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर

Tags :
प्रतिक्रिया दिनुहोस