मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

मेयर बालेनले चलाए अल्फाबिटाको अवैध संरचनामा डोजर


९ भाद्र २०७९, बिहिबार


 काठमाडौँ । नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेसले बनाएको अवैध संरचनामा काठमाडौँ महानगरपालिकाले डोजर चलाएको छ ।

अवैध संरचनाहरू हटाउने अभियान चलाएका मेयर बालेन साह बिहीबार बिहान बानेश्वर क्षेत्रको अनुगमनमा आएका थिए । उनले अल्फाबिटामा पुगेर अवैध संरचना हटाउन आग्रह गरेका थिए ।

तर अल्फाबिटाका प्रतिनिधिले अवैधानिक काम नगरेको मात्र जिकिर गरेनन्, मेयरलाई डन नबन्न चेतावनी समेत दिएका थिए । मेयर बालेनले घरको नक्सा देखाउन आग्रह गर्दा उल्टो महानगरमा हुनुपर्ने बताएका थिए ।

विवादपछि फर्किएका मेयर बालेन घरको नक्सा र डोजर लिएर अल्फबिटा पुगेका थिए । अल्फाबिटाका प्रतिनिधिले आफ्नो गल्ती स्वीकार गर्दै समय मागेका थिए । तर महानगरको टोलीले त्यसलाई नसुनेको बताइएको छ । 

र अवैध रूपमा हालेको सटर हटाएको छ । फार्मेसी खाली गर्न लगाएर महानगरको टोलीले अवैध रूपमा बनाएको संरचनामा जोडर चलाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस