खोसियो नख्खु कारागारका सुरक्षा प्रमुख थपलियाको जिम्मेवारी, फरार कैदी पुनः पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

खोसियो नख्खु कारागारका सुरक्षा प्रमुख थपलियाको जिम्मेवारी, फरार कैदी पुनः पक्राउ


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । नख्खु कारागारका एकजना कैदी फरार भएपछि सुरक्षा प्रमुखको जिम्मेवारी खोसिएको छ । नेपाल प्रहरीको अनाश्रित प्रहरी गुल्मका प्रमुख प्रहरी निरीक्षक पुरुषोत्तम थपलिया जिम्मेवारीबाट हटाइएका हुन् ।

हत्कडीसहित कैदी भागेपछि सुरक्षा कमजोरी देखिएकाले उनलाई जिम्मेवारीबाट हटाइएको जानकारी पाएको नख्खु कारागारका जेलर सुवासकुमार बुढाथोकीले बताए ।

उनको ठाउँमा कसलाई पठाउने भन्ने टुंगो लागि नसकेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ ।

नख्खु कारागारको सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका इन्स्पेक्टरको नेतृत्वमा टोली खटिन्छ । भित्री सुरक्षामा सशस्त्र प्रहरी रहन्छ भने बाहिर नेपाल प्रहरीले सुरक्षा प्रदान गर्ने गर्छ ।

नेपाल प्रहरीको टोलीले बुधबार कारागारका कैदी रामेछापका ३१ वर्षका भोला बुढाथोकीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो । त्यसक्रममा दुईजना प्रहरी उनको साथमै रहेका बेला बुढाथोकी फरार भएका थिए ।

उनलाई बिहीबार बिहान लुभुबाट पक्राउ गरिसकेको जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी यज्ञविनोद पोखरेलले बताए ।

प्रहरीका अनुसार उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको छ ।

सम्बन्धित समाचार : उपचार गर्न अस्पताल लगेका कैदी फरार, प्रहरीले गर्‍यो छानबिन समिति गठन

Tags :
प्रतिक्रिया दिनुहोस