उपचार गर्न अस्पताल लगेका कैदी फरार, प्रहरीले गर्‍यो छानबिन समिति गठन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपचार गर्न अस्पताल लगेका कैदी फरार, प्रहरीले गर्‍यो छानबिन समिति गठन


९ भाद्र २०७९, बिहिबार


काठमाडौँ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि लगिएका कैदी बन्दी फरार भएको घटनाको सम्बन्धमा अध्ययन गर्न नेपाल प्रहरीले छानबिन समिति गठन गरेको छ।

रामेछाप पिल्पुङग गाउँपालिका वडा नम्बर २ का ३१ वर्षीय भोला बुढाथोकी बुधबार भागेका थिए। उनलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालयले उपचारका लागि अस्पताल लगेको थियो।

कैदी बन्दी भागेपछि छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको हो।फरार बुढाथोकी अनाश्रित गुल्म नख्खु ललितपुरको कारागारमा रहेका थिए।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयले कैदी बन्दी फरार रहेको भन्दै अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीबाट हटाइ कैदी बन्दीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई निलम्बनसमेत गरेको छ।

घटनाको बारेमा आवश्यक छानबिन भइरहेको सो कार्यालयले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस