कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कपिलवस्तुमा थपिए आठ हजार नौ सय मतदाता


८ भाद्र २०७९, बुधबार


काठमाडौँ । कपिलवस्तुमा आगामी मङ्सिर ४ मा हुने निर्वाचनका लागि आठ हजार नौ सय ३७ मतदाता थपिएका छन् । प्रारम्भिक विवरणअनुसार जिल्लामा कूल तीन लाख ८२ हजार ३७ मतदाता छन् ।

जसमा पुरुष दुई लाख चार हजार ३४ र महिला एक लाख ७७ हजार नौ सय ३१ छन् । यस्तै, अन्य दुई जना छन् । गत स्थानीय निर्वाचनमा जिल्लामा कूल दुई लाख ७३ हजार एक सय मतदाता थिए । 

आउने मङ्सिर ३ गतेभित्र १८ वर्ष पूरा भई मतदातामा संलग्न हुने मतदाताको सङ्ख्या भने बाँकी रहेको छ । जिल्ला निर्वाचन कार्यालयद्वारा आयोजित मतदाता नामावली अद्यावधिक–दाबी विरोध २०७९ सम्बन्धी सरोकारवालासँग गरिएको अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको हो ।

यही भदौ १३ देखि १९ भदौसम्म मतदाताको त्रुटि सच्याउने, दोहोरोपन र मृत्यु भएकाको नामावली हटाउनेलगायतका काम हुने भएकाले सम्बन्धित दर्ता अधिकारीकोमा समय मै निवेदन दिन आग्रह गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस