देशभर थप ६५८ जनामा कोरोना संक्रमण, १ को मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

देशभर थप ६५८ जनामा कोरोना संक्रमण, १ को मृत्यु


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ३८१ पीसीआर परीक्षणमा ४०५ जना र तीन हजार २६२ एन्टिजेन परीक्षणमा २५३ जना गरी ६५८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । त्यस्तै ४५६ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर चार हजार २९६ जना सक्रिय संक्रमित रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस