वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा द्वारिका उप्रेती


६ भाद्र २०७९, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । 

सोमबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये एक डा. उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले प्रशासन सिंहदरवार ब्युरोलाई बताए । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उप्रेतीसहित युवराज बस्नेत र निर्मल उप्रेतीको नाम सिफारिस गरेको थियो । 

सम्बन्धित समाचार : कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस

डा. उप्रेतीलाई नियुक्ती गर्न जसपाको निकै ठुलो प्रेसर रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस