कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको पदपूर्ति समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरी पठाएको हो । मन्त्रालय स्रोतका अनुसार युवराज बस्नेत, निर्मल उप्रेती र डा. द्वारिका उप्रेतीको नाम सिफारिस गरिएको छ ।

निष्पक्षता र अनुभवलाई प्राथमिकता दिएको अवस्थामा बस्नेतलाई कार्यकारी निर्देशकमा सिफारिस गर्ने निर्णय गर्ने ती स्रोतले प्रशासनलाई जानकारी दिएको छ । वैदेशिक अध्ययनसहित २५ वर्ष व्यवस्थापनमा काम गरेका बस्नेत सन् २०१४ देखि श्रम तथा रोजगारीको क्षेत्रमा कार्यरत छन् ।

यसैगरी उप्रेती श्रमिकको क्षेत्रमा केही जानकारी राख्छन् भने उनीसँग श्रम आप्रवासन सम्बन्धी एन.जि.ओ. सञ्चालनको अनुभव रहेको छ । र, सामुदायिक बन व्यवस्थापनमा पी.एच.डी. गरेका डा. उप्रेतीसँग श्रम तथा आप्रसावसनको क्षेत्रको खासै अनुभव रहेको छैन । ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशक नियुक्ति गर्ने निर्णय गर्नेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस