गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए, सुन तस्करीमा संलग्न रहेका आरोप « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

गृहमन्त्रीका पीएसओ हेडक्वार्टर तानिए, सुन तस्करीमा संलग्न रहेका आरोप


५ भाद्र २०७९, आइतबार


नेपाल प्रहरी

काठमाडौँ । सुन तस्करीमा जोडिएपछि गृहमन्त्री बालकृष्ण खाँणका पीएसओ टंक कार्कीलाई प्रहरी प्रधान कार्यालय तानेर छानबिन अगाडि बढाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेकप्रसाद राईले वरिष्ठ नायब निरिक्षक कार्कीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरी प्रधान कार्यालयमा रहेको उजुरी छानबिन शाखाले डिएसपीको नेतृत्वमा छानबिन समिति बनाएको छ ।

तस्करीको सुन हिनामिना गरेपछि कार्कीले एक व्यक्तिलाई थुनाएर चेक काट्न लगाएको आरोप लागेको छ ।

भरियाले बोकेर ल्याएको सुन ’रिसिभ’ नगरेपछि चितवनका एक व्यक्तीले त्यहाँपछि दिनुपर्ने व्यक्तिलाई नदिएपछि तस्करले कार्कीमार्फत ती व्यक्तिलाई पक्राउ गर्न लगाएर पाँच जनाको नाममा चेक काट्न लगाएको आरोप छ । गौशाला प्रहरी वृत्तको हिरासतमा राखिएका ती व्यक्तिलाई अभद्र व्यवहारमा थुनिएको बताइएको छ । चेक काटेपछि ती व्यक्ति छुटेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस