ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ट्राफिक चेकिङमा ११४ जना कलेजका विद्यार्थी कारवाहीमा


२ भाद्र २०७९, बिहिबार


काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयको विशेष चेकिङमा १ सय १४ जना क्याम्पसका विद्यार्थी कारवाहीमा परेका छन् । बिहीबार गरिएको चेकिङमा उनीहरू कारवाहीमा परेका हुन् । 

कारवाहीमा पर्नेमा सवारी चालक अनुमति पत्र बिना सवारी साधन चलाउने विद्यार्थी धेरै छन् । बिहीबारको चेकिङमा ४८ जना लाइसेन्स बिना सवारी चलाउने विद्यार्थीलाई जरिवाना गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

आवश्यक कागजात साथमा नराख्ने ४२ जना, लापरबाहीको साथ सवारी चलाउने ११ जना र तिब्र गतिमा सवारी चलाउने ८ जना कारवाहीमा परेका छन् । ट्राफिक प्रहरीले हेलमेट नलगाउने ३ जना र दुईपांग्रेस सवारीमा ३ जना बोकेको आरोपमा दुईजना विद्यार्थीलाई कारबाही गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस