दश लाख बराबरको यार्सागुम्बा बरामद « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

दश लाख बराबरको यार्सागुम्बा बरामद


३१ श्रावण २०७९, मंगलबार


काठमाडौँ । बाँकेको जानकी गाँउपालिका-१ पाँचपोखरी इलाकाबाट सशस्त्र प्रहरीले करिब १० लाख रुपैयाँ बराबरको चार सय ५० ग्राम यार्सागुम्बा बरामद गरेको छ । 

अवैध रूपले नेपालबाट भारततर्फ लैजाँदै गरेको उक्त यार्सागुम्बा सशस्त्र प्रहरी बल नेपाल बिओपी जयसपुरले सोमबार बरामद गरेको हो । 

सो यार्सागुम्बा ल्याउने व्यक्ति गस्तीमा रहेको सशस्त्र प्रहरीलाई देख्नासाथ सोही ठाउँमा छाडी भागेका थिए । बरामद यार्सागुम्बा आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय नेपालगन्ज बाँकेमा बुझाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस