एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग किन : बालेन्द्र शाह


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उपत्यकाको फोहोर व्यवस्थापनमा असहयोग भएको भन्दै असन्तुष्टि जनाएका छन्।

ल्याण्डफिल साइट रहेको धादिङको धुनिवेशी नगरपालिकाका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताले फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गरे पछि मेयर शाहको प्रतिक्रिया आएको हो।

उनले आइतबार साँझ सामाजिक संजाल मार्फत एउटा स्थानीय सरकारले अर्को स्थानीय सरकारलाई असहयोग र असफल पार्ने प्रयास किन गरिएको छ भन्ने प्रश्न पनि गरेका छन्।

उनले लेखेका छन्, ‘ एउटा सरकारले अर्को तहको सरकारलाई असहयोग गर्नुपर्ने, असफल नै बनाउनुपर्ने खेल किन गरिन्छ? हामी त्यति धेरै असभ्य र स्वार्थी किन छौं? फोहोरको रास लगाएर त्यो भित्र झन् कुहिएको खेल खेलेर त्यसलाई राजनीतिको नाम नदिऔं। राजनीति त्यस्तो हुँदैन। त्यस्तो राजनीतिले कसैलाई अगाडि बढाउँदैन।’

Tags :
प्रतिक्रिया दिनुहोस