अन्तर्राष्ट्रियस्तरको टोली बनाउन सक्दो मिहिनेत गर्छु : मुख्य प्रशिक्षक मनोज प्रभाकर  « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

अन्तर्राष्ट्रियस्तरको टोली बनाउन सक्दो मिहिनेत गर्छु : मुख्य प्रशिक्षक मनोज प्रभाकर 


२९ श्रावण २०७९, आइतबार


काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । उनी शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् ।

मुख्य प्रशिक्षक प्रभाकरलाई नेपाल क्रिकेट सङ्घ ९क्यान०का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर स्वागत गरे । विमानस्थलबाट बाहिरिने क्रममा उनले नेपाली क्रिकेट र खेलाडीका बारेमा आफू जानकार रहेको भन्दै केही समयमा परिवर्तन देखिने गरी काम गर्ने बताए ।

मुख्य प्रशिक्षक प्रभाकरले आफ्नो अनुभवले नेपाली क्रिकेट खेलाडीलाई अरूभन्दा फरक तरिकाले प्रशिक्षण दिन सक्ने पनि बताए । आफूले सजिलोका लागि जिम्मेवारी नलिएको भन्दै उनले अन्तर्राष्ट्रियस्तरको टोली बनाउन सक्दो मिहिनेत गर्ने प्रतिक्रिया दिए ।

मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि क्यानले प्रभाकरलाई उक्त पदमा नियुक्त गरेको हो । प्रभाकरसँग क्यानले एक वर्षको सम्झौता गरेको जनाइएको छ ।

भारतका पूर्व-अलराउन्डर प्रभाकर रणजी ट्रफी विजेता प्रशिक्षक हुन् । मुख्य प्रशिक्षकका रूपमा प्रभाकरको पहिलो प्रतियोगिता केन्याविरुद्ध हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस