खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्ति र भाडाको लेखाजोखा गर्न मन्त्रीको निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई सम्पत्ति र भाडाको लेखाजोखा गर्न मन्त्रीको निर्देशन


२८ श्रावण २०७९, शनिबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नाममा रहेको सम्पत्ति र भाडाको लेखाजोखा तयार पार्न निर्देशन दिएका छन् ।

मुलुकभरको खाद्य व्यवस्थाको जिम्मेवारी लिएको कम्पनीले सन्तोषजनक काम नगरेको भन्दै मन्त्री बडूले सार्वजनिक मञ्चबाटै काठमाडौँ उपत्यकामा रहेको सम्पतिको लेखाजोखा गर्न ७ दिन र देशभरको सम्पत्तिको विवरण तयार गर्न १ महिनाको समय दिएका हुन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको शनिबार भएको तेस्रो वार्षिकोत्सव समारोहमा मन्त्री बडूले कर्मचारी र व्यवस्थापनलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेको छ कि छैन भन्नेबारे समीक्षा गर्न पनि सुझाव दिएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस