काठमाडौँ महानगरले करारमा ईन्जिनियर र डाक्टर र नर्स राख्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरले करारमा ईन्जिनियर र डाक्टर र नर्स राख्ने


२६ श्रावण २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ठुलो संख्यामा ईन्जिनियर, डाक्टर र नर्स राख्ने तयारी गरेको छ ।

महानगरले ३२ जना ईन्जिनियर, २५ जना डाक्टर र २५ नर्स करारमा राख्ने तयारी गरेको एक कार्यपालिका सदस्यले जनाएका छन् ।

आज भएको कार्यपालिका बैठकमा उक्त एजेण्डा पास गराउने मेयर बालेन शाहको तयारी रहेता पनि फोहोरको एजेण्डामा मात्रै छलफल गर्ने भन्दै कार्यपालिका सदस्यहरुले आवाज उठाएपछि करारमा कर्मचारी राख्ने ऐजेण्डा रोकिएको हो ।

आजको कार्यपालिकामा १३ वटा एजेण्डामध्ये फोहोर व्यवस्थापनको ऐजेण्डा मात्रै छलफल भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस