नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि सरकारी पदमा बसेकाे आरोपमा सब इन्जिनीयरबिरुद्ध मुद्दा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि सरकारी पदमा बसेकाे आरोपमा सब इन्जिनीयरबिरुद्ध मुद्दा


२५ श्रावण २०७९, बुधबार


काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन नं २ ओखलढुङ्गामा कार्यरत सब इन्जिनियर रामबाबु यादवले शैक्षिक योग्यताका नक्कली प्रमाणपत्रहरू पेस गरेर सरकारी पदमा बसेर लाभ र सुविधा लिएको भन्दै आरोप पत्र दायर गरेको छ।

अख्तियारले भ्रष्टाचार ऐन २०५१ को दफा १६ को उपदफा ९१० बमोजिमको कसुर भएको ठहर गर्दै त्यही ऐन अनुसार कैद सजाय र जरिवाना मागदावीसहित आरोप पत्र दायर गरेको हो।

यादवले सुनसरी टेक्निकल कलेज धरानबाट उत्तीर्ण गरेको भन्दै डिप्लोमा इन सिभिल इन्जिनियरिङका नक्कली प्रमाणपत्रहरू लब्धाङ्कपत्र, चारित्रिक प्रमाणपत्र र ट्रान्सस्क्रिप्ट नक्कली बनाई खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय डिभिजन २ ओखलढुङ्गामा पेस गरी २०७६ भदौदेखि २०७७ असार मसान्तसम्म बहाल रहेको लाभ र सुविधा लिएको खुलेपछि अख्तियारले आरोप पत्र दायर गरेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस