निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाइने


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा मतपत्र बदर हुन नदिन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने जनाएको छ ।

मंगलबार आयोगमा स्थानीय तह निर्वाचन, २०७९ प्रचार प्रसार तथा मतदाता शिक्षा कार्यक्रम प्रगति समीक्षा कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यसअघिका कमी कमजोरीलाई हटाउँदै मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउने बताए।

सरकारी सञ्चार माध्यमसँगको छलफलका क्रममा मतदाता शिक्षालाई थप प्रभावकारी बनाउनका लागि सुझाव लिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

त्यस्तै, उनले आयोगमा दर्ता भएका ११६ दललाई आगामी निर्वाचनमा भाग लिनका लागि पुनस् दर्ता गर्न आह्वान गरेको जानकारी दिए। प्रवक्ता पौडेलले दुई वा दुईभन्दा बढि दलहरु एउटै निर्वाचन चिन्हमा लड्ने हो भने केन्द्रीय समितिको निर्णयका साथ निवदेन दिनुपर्ने बताए।

उनले आगामी निर्वाचनको तयारी तीव्रताका साथ अघि बढेको धारणा राखे । आगामी मंसिर ४ गते प्रदेश र संघको निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस