प्रधानमन्त्रीलाई भेट्न बाबुराम र यादव पुगे बालुवाटार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीलाई भेट्न बाबुराम र यादव पुगे बालुवाटार


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेपाल समाजवादी पार्टीका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र महेन्द्र राय यादव बालुवाटार पुगेका छन् ।

मंगलबार दिउँसो उनीहरु बालुवाटार पुगेका समाजवादी पार्टीका केन्द्रीय सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । जनता समाजवादी पार्टीबाट अलग भएका भट्टराई र यादवले हालै नयाँ पार्टी गठन गरेका हुन् ।

समसामयिक राजनीतिक विषय, गठबन्धन, चुनावी तालमेल लगायतका विषयमा छलफल हुने पाण्डेले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस