पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

पहिरोका कारण हेलम्बु राजमार्ग अवरुद्ध


२४ श्रावण २०७९, मंगलबार


काठमाडौँ । लगातारको वर्षाले हेलम्बु राजमार्गको विभिन्न स्थानमा पहिरो जाँदा  सिपाघाट-मेलम्ची सडक खण्ड अवरुद्ध भएको छ । 

जाल्पा क्रसर, रवि क्रसर, लामा क्रसर र रातो पहिरोमा पहिरो गएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ । अवरुद्ध सडक खुलाउन उपकरण पठाइसकिएको र केही समयमै यातायात सञ्चालन हुने मेलम्ची नगरपालिकाका विपद् स्रोत व्यक्ति सुजन दुलालले बताए । 

वर्षाले शनिबार बिहानदेखि अवरुद्ध मेलम्चीबाट हेलम्बु यातायात सेवा पनि नियमित हुनसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस