भोलि देशभरिका नासु बिदामा बस्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोलि देशभरिका नासु बिदामा बस्ने


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । बजेट घोषणा विपरीत असमान ढङ्गले कर्मचारीहरूको तलब वृद्धि गरेको भन्दै तल्लो तहका कर्मचारी आन्दोलित भएका छन् ।

आन्दोलनको कार्यक्रम अनुसार नायव सुब्बा कर्मचारीले भोलि मङ्गलवार बिदामा बस्ने घोषणा गरेका छन् । देशभरिका नासु कर्मचारीहरूले बिदा बस्ने निर्णय गरेको निजामती कर्मचारी युनियनका सचिव प्रकाश भट्टराईले बताए ।

‘आज सिंहदरबारमा ‘पेन डाउन’ गरेर सूचना तथा सञ्चार मन्त्रालयको हलमा भएको नासु कर्मचारीहरूको भेलाले भोलि देशभरिका नासु बिदामा बस्ने र अर्थमन्त्री, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, अर्थ सचिव र सामान्यका सचिवलाई मागको विषयमा एसएमएस गर्ने निर्णय भएको छ’ उनले भने, ‘थप आन्दोलनका थप कार्यक्रम हामी भोलि तय गर्छौँ ।’

असमान तलब वृद्धि र निजामती सेवा ऐनको विषयमा नासु कर्मचारी आन्दोलित हुँदै आएका छन् । उनीहरूले शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरूको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस