मनलाग्दी भाडा असुल गरेकोमा अनुगमन गर्न सरकारलाई निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

मनलाग्दी भाडा असुल गरेकोमा अनुगमन गर्न सरकारलाई निर्देशन


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । संसदीय समितिले सार्वजनिक यातायातले यात्रुहरुसँग मनलाग्दी भाडा असुल गरेको विषयमा तत्काल संस्थागत संयन्त्र बनाई अनुगमन गर्न सरकारलाई निर्देशन दिएको छ ।

सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडकको वर्तमान कार्यप्रगतिको विषयमा योजना प्रमुख र भौतिक यातायात मन्त्रीसँगको छलफलपछि समिति सभापति कल्याणीकुमारी खड्काले यस्तो निर्देशन दिएकी हुन् । समिति बैठकमा सभापति खड्काले सार्वजनिक यातायातका सवारी साधनले यात्रुहरुसँग मनलाग्दी भाडा लिने गरेको गुनासो आएको बताइन् ।

सडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा तत्काल हटाउन पनि सरकारलाई समितिले निर्देशन दिएको छ । देशका मुख्य सडकहरुमा बाढी पहिरोका कारण बन्द रहेका सडकमा तत्काल पहिरो हटाउन पनि समितिले निर्देशन दिएको छ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तर उन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समयमा निर्माण सम्पन्न गर्न समितिले निर्देशन दिएको छ ।

ुसडक सीमा अतिक्रमण गरी सडक सीमाभित्र बनाएका घर टहरा हटाउन तथा देशका मुख्य सडकहरुमा बाढी पहिरोको कारण बन्द रहेका सडकमा तत्कालपहिरो हटाउन समिति भौतिक तथा ऊर्जा मन्त्रालयलाई निर्देशन गर्दछ । राष्ट्रिय गौरव तथा अन्य राष्ट्रिय स्तरका सडकहरुको निर्माण तथा स्तरउन्नतिको काममा भइरहेको ढिलासुस्ती तथा न्यून कार्यप्रगतिलाई ध्यानमा राखी निर्माणाधीन नारायणघाट–मुग्लिन र मुग्लिन–पोखरा सडक स्तर उन्नतिको कार्य निर्धारित समय र गुणस्तरीय बनाएर तीव्र रुपमा अगाडि बढाउन भौतिक तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ,ु समितिको निर्देशनमा भनिएको छ ।

सभापति खड्काले वातावरण,प्रविधिमैत्री र गुणस्तरीय विकास निर्माणसहित दीर्घकालीन समाधान सहितको विकास निर्माणको विषयमा तत्काल अध्ययन गरी कानुन ल्याउन सरकारलाई निर्देशन दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस