२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कान्ति बाल अस्पतालमा विज्ञापनै नगरी कर्मचारी भर्ना

अ+ अ-

काठमाडौँ । कान्ति बाल अस्पतालले विज्ञापन नै नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको छ । कान्तिबालले ११ जना स्टाफ नर्स र १ जना अनमीको भर्ना प्रक्रिया अघि बढाएको हो।

कर्मचारी पदपूर्तिका लागि कान्ति बालका निर्देशक डा. युवानिधि बसौलाले नियुक्ति सम्बन्धी फाइल अगाडि बढाएको गुनासो आएको छ । उनीहरूलाई तत्काल ज्यालादारीमा राखेर करारमा राख्ने तयारी छ। नियुक्तिका लागि टिप्पणी उठाएर फाइल अघि बढाइएको छ।

कान्ति बाल अस्पतालका निर्देशक डा. युवा निधी बसौलाले कर्मचारी पूर्तिका लागि अन्तर्वार्ता नलिएको बताए। तर, उनले विज्ञापन गर्दा एक/दुई महिना लाग्ने र कर्मचारी पूर्ति नहुँदा अस्पताल चलाउनै मुस्किल पर्ने बताए। कान्ति बालले अस्पतालमा फाइल छोडेकालाई बोलाएर योग्यता प्रक्रियालगायतका बारेमा सोधेको बताएको छ।

‘पदपूर्ति समितिको मिटिङ हिजो (आइतबार) बस्यो। विज्ञापन गर्दा एक दुई महिना लाग्छ,अनि हस्पिटल कसरी चलाउने त ? कर्मचारी भर्ना गरिएको छैन। रिक्त भएको छ। रिक्त ठाउँ पदपूर्ति गर्ने कि भन्ने सल्लाह भएको छ। अन्तर्वार्ता लिएको होइन। फाइल छोडेकालाई बोलाएको मात्रै हो।’ उनले भने, ‘वार्डमा १०/१२ जनाले राजीनामा दिए खाली भयो। कि त वार्ड बन्द गर्नुपर्‍यो।’

कान्ति बाल अस्पतालमा पर्याप्त फर्मासीष्ट नहुँदा बिरामीहरू लामो लाइन लागेर औषधि किन्नुपर्ने बाध्यता छ। कान्ति बाल अस्पताल बोर्ड गठनको तयारी भइरहेको बेला कान्ति बालले सार्वजनिक सूचना जारी नगरी कर्मचारी भर्ना प्रक्रिया अघि बढाएको हो।