सानिमा बैङ्कले माग्यो छात्रवृत्तिका लागि आवेदन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सानिमा बैङ्कले माग्यो छात्रवृत्तिका लागि आवेदन


२३ श्रावण २०७९, सोमबार


काठमाडौँ । सानिमा बैङ्क लिमिटेडले कक्षा ११-१२ अध्ययनका लागि काठमाडौँ उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन माग गरेको छ ।

काठमाडौँ उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको बैङ्कले जनाएको छ । सोही कार्यक्रमलाई निरन्तरता दिँदै यो वर्ष पनि छात्रवृत्ति आवेदन खुला गरेको बैङ्कले जनाएको छ ।

बैङ्कका अनुसार उक्त छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगद वृत्ति २ हजार रुपैयाँ (प्रति महिना) गरी प्रत्येक विद्यार्र्थीलाई ५० हजार रुपैयाँसम्मको छात्रवृत्ति प्रदान गरिनेछ । आवेदन ३१ भदौसम्म दिन सकिनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस