नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नाइट क्लबमा आगलागी, १४ जनाको मृत्यु


२१ श्रावण २०७९, शनिबार


काठमाडौँ । थाइल्याण्डको चोनबुरी प्रान्तमा रहेको एउटा नाइटक्लबमा भएको आगलागीमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

स्थानीय समय अनुसार शुक्रबार राति १ बजे घटना भएको अधिकारीहरूले जानकारी दिएका छन्।

आगालागीमा परी अरू १२ भन्दा बढी घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।

घाइतेमध्ये नौ पुरुष र चार महिला रहेका छन्। उनीहरू सबै थाइल्याण्डकै नागरिक रहेको जनाइएको छ।

घटना भएको थाहा पाउनासाथ स्थानीय, प्रहरी र अन्य उद्धारकर्ताहरू घटनास्थलमा पुगेर उद्धार कार्य गरेका थिए।

घटनास्थलबाट उद्धारकर्ताहरूले १८ जनालाई उद्धार गरेका थिए। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

घटनाका बारेमा थप अनुसन्धान सुरु गरिसकिएको र दोषीलाई कारबाही गरिने प्रहरी अधिकारीहरूले जनाएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस