प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण « प्रशासन
Logo १४ जेष्ठ २०८१, सोमबार
   

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना संक्रमण


१७ श्रावण २०७९, मंगलबार


काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईलाई कोरोना सङ्क्रमण भएको छ।

सोमबार परीक्षण गर्दा मुख्यमन्त्री राईसहित तीन जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए।

मुख्यमन्त्री राईसहित उनका परिवारका सदस्यहरू, सचिवालयका सदस्यहरू, निवासका सुरक्षाकर्मी, कर्मचारीलगायत गरी १६ जनाको स्वाब परीक्षण गरिएको थियो।

पिसीआर परीक्षण गर्दा मुख्यमन्त्रीसहित पत्नी शोभा पाठक र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जीवन राईलाई पनि कोरोना संक्रमण देखिएको थियो।

मुख्यमन्त्रीसहित तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस