कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कास्कीमा भारी वर्षा, पोखरा-१३ का १०० घर डुबानमा


१६ श्रावण २०७९, सोमबार


काठमाडौँ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ ।

पानी तर्काउने काम भइरहे पनि निरन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

Tags :
प्रतिक्रिया दिनुहोस