संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस (पूर्ण पाठसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस (पूर्ण पाठसहित)


१३ श्रावण २०७९, शुक्रबार


sanghiya sansad

काठमाडौँ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति अर्थ मन्त्रालयमा प्रवेश गराई कर र भन्सारका दर हेरफेर गरेको आरोपको छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवदन प्रतिनिधिसभामा पेस भएको छ ।

समितिका सभापति लक्ष्मणलाल कर्णले समितिको प्रतिवेदन शुक्रबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा पेस गरेका हुन् ।

बजेट निर्माणसँग सम्बन्धित कागजात मगाइएर अध्ययन गरिएको, सम्बन्धित अधिकारीहरूसँग छलफल गरिएको, सीसीटीभीको सिस्टम नै मगाएर रिकभर गरिएको लगायतका काम गरेर प्रतिवेदन तयार गरिएको कर्णले जानकारी दिए ।

समितिको १७ दिने कार्यावधिमा २३ बैठक बसेर ७५ घण्टा काम गरिएको सभापति कर्णले जानकारी दिए ।

हेर्नुहोस् पूर्ण पाठसहित

Tags :
प्रतिक्रिया दिनुहोस